अन्तत पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का पुर्वमन्त्री राजकुमार गुप्ता विरूद्ध सहित सात जनाविरुद्ध सर्वोच्चमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
विधि विज्ञान प्रयोगशालाले उनको अडियो वास्तविक भएको पुष्टि गरिसकेको छ । अहिले भ्रष्टाचार मुद्दा दायर भएसँगै उनि आफैले भन्ने गरेको पछिल्ला सार्वजनिक अभिव्यक्ति अनुसार उनले नागरिकता त्याग्ने हुन कि देश छोड्ने हुन त्यो भने बाँकी नै रहेको छ ।
सस्तो लोकप्रियताका लागि मन्त्री गुप्ताको झुठमाथि झुठो अभिव्यक्ति, देश छाड्ने देखि टुडिखेलमा झुण्डीने सम्मको ब्यान
पूर्वमन्त्री राजकुमार गुप्ताले केहि महिना अगाडि प्राइम टेलिभिजनको ‘धमलाको हमला’ कार्यक्रममा खुलेर भनेका थिए “यदि अडियो सक्कली हो भनेर प्रमाणित भयो भने म टुँडिखेलमै झुण्डिन्छु, म नागरिकता त्याग्छु, त्यतिमात्र नभइ म देशै छाड्छु ।” भनेका थिए ।
विधि विज्ञान प्रयोगशालाले यसअघि नै उनको अडियो नक्कली नभई वास्तविक भएको पुष्टि गरिसकेको छ । अहिले अडियो प्रमाणित भइसकेको छ । विशेष अदालतमा मुद्दा समेत दायर भइसकेको छ, गुप्ताको आफ्नै शब्दअनुसार उनी टुँडिखेलमा झुन्डिने हुन, देश छाड्ने हुन या नागरिकता त्याग्ने हुन मन्त्री गुप्तालाइ बाध्यात्मक परिस्थिति सिर्जना भएको छ ।
यद्यपि, उनी यस विषयमा के गर्छन् उनका नजिकका नेता कार्यकर्ताले समेत भन्न सकेका छैनन् ।
विस्तृत भिडियाेमा ...
सम्बन्धीत समाचार
सम्बन्धीत थप भिडियाे सामाग्री