सिराहा | लागुऔषध (ब्राउन सुगर) कारोबारमा संलग्न रही लामो समयदेखि फरार रहेका अभियुक्त अमन यादवलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल सरकार प्रतिवादी रहेको उक्त मुद्दामा यादव फरार सूचीमा रहेका थिए ।
सिराहा जिल्ला विष्णुपुर गाउँपालिका–३ निवासी २१ वर्षीय यादव जेनजी समूहले सञ्चालन गरेको आन्दोलनका क्रममा गत भदौ २४ गते प्रहरी वृत्त थानकोटको हिरासतबाट फरार भएका थिए।
सप्तरीको रूपनी गाउँपालिका–६, वीरेन्द्र बजारबाट बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार पक्राउ परेका यादवलाई आवश्यक कानुनी कारबाहीका लागि पुनः थानकोट प्रहरी वृत्त पठाइएको छ ।