जनकपुरधाम | मधेस प्रदेशको चौथो मुख्यमन्त्रीको रूपमा जितेन्द्र सोनार ‘सोनल’ शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्री सोनलले शपथ ग्रहण गरेका हुन् ।
प्रदेश प्रमुख हरीशंकर मिश्रबाट शपथ लिएका सोनलले भोजपुरि भाषामा शपथ ग्रहण गरेका थिए । सो अवसरमा उनले प्रदेशको सुशासन, पारदर्शिता र विकासलाई प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए ।
मुख्यमन्त्रीसँगै गणेश पटेल र महेश यादवले विना विभागीय मन्त्रीका रूपमा शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूले प्रदेशका जनताको विश्वास जित्ने गरी काम गर्ने प्रतिज्ञा गरेका छन् ।
नयाँ मन्त्रिपरिषद्को पहिलो बैठक आगामी केही दिनभित्रै बस्ने तयारी भइरहेको छ ।