काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्था जस्तै रहिरहे आफू फेरि प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्ने दाबी गरेका छन् ।
आइतबार आयोजित सम्पादकहरूसँगको छलफलमा ओलीले जनताको सहिष्णुता सीमित रहेको भन्दै यस्तो अवस्था सहन नहुने बताएका हुन् ।
उनले भने, “यस्तै हुँदै गयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्छ। जनताले यो कुरा सहँदैन नि त। यो किन सहने? अनि फेरि पनि यो अरुबाट नहुने रहेछ भनेर यस्तो अराजकता चल्छ? भन्ने कुरा आउँछ।”
ओलीले छलफलमा उपस्थित सम्पादकहरूले पनि मेसो नपाएको र कहिलेकाहीँ सम्पादकीय लेखेर आफूलाई बोलाउने बताएका पनि सुनाए । उनले थपे,
“तपाईंहरूले अहिले त अलि मेलो पाउनुभएको छैन। तर, तपाईंहरूले सम्पादकीय लेखेर भन्नुहुन्छ, ल्याऔं केपी ओलीलाई भनेर ।”