नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको आफ्नै बालकोटस्थित निजी निवासको अवलोकनका लागि पुगेका छन् ।
ओली आज बिहान बालकोट पुगेका हुन् । उनले आगजनीपछि घरको क्षतिवारे जानकारी लिँदै सुरक्षाकर्मी र स्थानीयवासीसँग घटनाबारे बुझेका छन् ।
जेनजी आन्दोलनका क्रममा केही प्रदर्शनकारीहरूले ओलीको निवासमा आगजनी गरेका थिए, जसका कारण घरको केही भाग क्षतिग्रस्त बनेको थियो । अहिले उक्त स्थानमा थप सुरक्षा व्यवस्था कडाइ गरिएको छ ।