सप्तरी | सप्तरी प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउनसुगरसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको सुरुङ्गा नगरपालिका–४ कनकपुर चौकबाट ब्राउनसुगरसहित पक्राउ परेका युवाहरूमा सोही ठाउँका २५ वर्षीय अमिर कान्त चौधरी र २४ वर्षीय दिपक कुमार चौधरी रहेका छन् ।
इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको गस्ती टोलीले शुक्रबार कदमाहाबाट भेडिया आउँदै गरेका उनीहरूलाई रोकि जाँच गर्ने क्रममा दिपक चौधरीको हातमा रहेको कालो प्लास्टिकभित्र तीन थान साना प्लास्टिक पुरिया फेला पारेको थियो ।
ती पुरिया खोलेर हेर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।
डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ०.२८० ग्राम र प्लास्टिक हटाउँदा ०.७० ग्राम तौलिएको प्रहरीले जनाएको छ ।
सोही क्रममा दुवै युवकको साथबाट १–१ थान रियलमी स्क्रिनटच मोबाइल समेत बरामद गरिएको र आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।