पर्सा । विशेष सूचनाका आधारमा जिराभवानी गाउँपालिका–१, बलुवा स्थित एक घरमा गरिएको चेकजाँचका क्रममा ठूलो परिमाणमा मोबाइल फोन बरामद गरिएको छ ।
बिओपी महादेवपट्टीका स.प्र.ब.ह. सुरेन्द्र चौधरीको नेतृत्वमा रहेको ७ जनाको टोलीले धानको मुनि लुकाइ–छिपाइ राखिएका १५ कार्टुनबाट कुल ४ सय ५० पिस ‘Lava’ की प्याड मोबाइल फेला पारेको हो । बरामद मोबाइलको अनुमानित मूल्य करिब ९ लाख रुपियाँ रहेको प्रहरीले जनाएको छ ।
मोबाइल फोनहरू नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अनुसार भन्सार कार्यालयमा बुझाउने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
