संघीय लोकतान्त्रिक मोर्चाले राष्ट्रिय सभा र प्रतिनिधिसभाको आसन्न निर्वाचनमा मोर्चा घटक दलहरु मिलेर चुनाव लड्ने निर्णय गरेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले बबरमहलस्थित केन्द्रीय कार्यालयमा आज आयोजना गरेको मोर्चाको बैठकले मिलेर चुनाव लड्ने निर्णय गरेको लोसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । बैठकपछि जारी विज्ञप्तिमा अध्यक्ष ठाकुरले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न सरकारसँग मागसमेत गरेका छन् ।
मधेशका साझा मुद्दामा समान धारणा राख्दै सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्यले गठित सात दलको मोर्चा राजनीतिक रूपमा एकजुट हुँदै आएको थियो ।
मोर्चा अब आगामी निर्वाचनमा समेत एकसाथ भएर चुनावी प्रतिस्पर्धामा भाग लिन लागेको छ ।