जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–२ हजरा चौकस्थित जनकपुर–ढल्केवर सडकखण्डमा आइतबार बिहान कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार मिथिला नगरपालिका–१ लक्ष्मीनिवासका ६० वर्षीय राजकुमार महतो गम्भीर घाइते भएका छन् भने उनकी श्रीमती ५५ वर्षीया सुमित्रा देवी महतोको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ ।
बागमती प्रदेश–०१–०३१ च २०३६ नम्बरको कारले सडक पार गर्न लागेका साइकलमा सवार दम्पत्तिलाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । दुर्घटनापछि घाइते राजकुमार महतोलाई स्थानीयवासी र प्रहरी टोलीले उद्धार गरी जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको छ ।
प्रहरीका अनुसार ठक्कर दिने कार र चालकलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान जारी छ ।