जनकपुर–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको नक्टाझिझस्थित सडकमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार तीव्र गतिमा आएको एक कारले सडक पार गर्दै गरेका वृद्ध दम्पतीलाई ठक्कर दिएको हो। ठक्करबाट श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन् । मृतक तथा घाइतेको नाम र अन्य विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।