रौतहट । रौतहटको गौर नगरपालिका–२ स्थित भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण मुख्यालयका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक दिपेन्द्र थापाले जानकारी दिए ।
आइतबार दिउँसो करिब ४ बजे भारतको बैरगनियाबाट नेपालतर्फ गौर आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा विभिन्न प्रकारका प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरिएको प्रवक्ता थापाले बताए ।
पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका–३ बिसुनपुरवा मानपुरका २८ वर्षीय मुकेश मुखिया रहेका छन्। उनको साथबाट डायजेपाम इन्जेक्सन २ एमएलका २ पिस, प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन २ पिस, बुप्रेनोर्फिन इन्जेक्सन २ एमएलका २ पिस र नाइट्राजेपाम ट्याब्लेट ३० पिस बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ परेका मुखिया तथा बरामद लागुऔषधलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको प्रवक्ता थापाले जानकारी दिए ।