सप्तरी । सप्तरी प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिकाबाट अवैध रूपमा लुकाएर राखिएको रसायनिक मल डिएपी नियन्त्रणमा लिएको छ । नगरपालिकाको वडा नं. ९ स्थित इनर्वा चौकको एक पुरानो राइसमिल गोदाममा १३४ बोरा मल लुकाइराखेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय सप्तरी, सशस्त्र प्रहरी बल नं. ६ गण गोरगमा र इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको संयुक्त टोलीले आइतबार स्थानीय धर्मेन्द्र जैनको पुरानो राइसमिल गोदाममा छापा मारेर मल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
उनका अनुसार ४५ वर्षीय धर्मेन्द्र दासले गोदाम भाडामा लिएर ५० किलो तौलका १३४ बोरा डिएपी मल अवैध रूपमा लुकाएर राखेको पाइएको छ ।
बरामद गरिएको सबै मललाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा लगेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।