जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिका वडा नं. १५ प्रतिमा चोकस्थित सडकखण्डबाट प्रहरीले लागु औषध चरेश सहित एकजनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पैदल हिँडिरहेका एक व्यक्ति रोकी कानूनी प्रक्रिया अनुसार खानतलासी गर्दा चरेस बरामद गरेकाे हाे ।
पर्साकाे धोबिनी गाउँपालिका वडा नं. ५ बस्ने ४८ वर्षीय सम्सुल मियाँको कालो ब्यागभित्र प्लाष्टिकले बेरि लुकाइ राखिएको १० के.जी. चरेश जस्तो लागु औषध फेला परेको प्रहरीले जनाएकाे छ ।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।