मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् ।
सर्वोच्च अदालतले २४ घन्टाभित्र विश्वासको मत लिन आदेश दिएको भए पनि मुख्यमन्त्री यादवले प्रदेशसभा सचिवालयलाई आवश्यक पत्र पठाएको उनको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री यादवले मंगलबार दिउँसो आदेशको लिखित प्रतिलिपि प्राप्त भएपछि सोही बमोजिम प्रक्रिया अघि बढाइएको पुष्टि गरेका छन् । उनले भने, “आज दिउँसो लिखितरूपमा आदेशको पत्र प्राप्त भयो । त्यसमा भनिएअनुसार २४ घन्टाभित्र विश्वासको मत लिँदैछु । यसको व्यवस्था मिलाउन प्रदेशसभामा पत्र पठाएको छु ।”
मुख्यमन्त्रीको कार्यालयका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार बुधबार दिउँसो विश्वासको मतका लागि आवश्यक कार्यसूची तयार पार्ने तयारी भइरहेको छ ।