जनकपुरधाम । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलीय गठबन्धनबीच सहमति भएको छ ।
शुक्रबार बसेको सात दलको बैठकमा यादवलाई नयाँ मुख्यमन्त्रीका रूपमा अघि बढाउने निर्णय गरिएको हो । बैठकपछि लोसपा संसदीय दलका नेता जयनुल राइनले केहीबेरमै सात दलीय टोलीले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष दाबी पेश गर्ने तयारी भइरहेको जानकारी दिए ।
सहमति गर्ने दलहरूमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, लोसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन् । यस सहमतिपछि मधेस प्रदेशमा नयाँ सत्ता समीकरण बनेको मानिएको छ ।