जनकपुरधाम । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले शुक्रवार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका छन् ।
यादवले ७७ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । यसअघि, शुक्रवार मात्रै कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा लगायत सात दलबीच यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो ।
यस सहमतिपछि मधेस प्रदेशमा नयाँ सत्ता समीकरणको रूपरेखा स्पष्ट भएको छ। आगामी दिनमा प्रदेश प्रमुखले दाबीको प्रक्रिया अनुसार औपचारिक निर्णय गर्ने अपेक्षा गरिएको छ ।
