जनकपुरधाम । मधेश प्रदेशका नयाँ मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले शपथ ग्रहण गर्नुभएको छ । आइतबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई पद तथा गोपनियताको शपथ गराउनुभयो ।
यादवले मधेश प्रदेश सरकारको दोस्रो कार्यकालको पाँचौँ मुख्यमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो ।