पर्सा । पर्सा–१ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा अध्यक्ष हरी पन्तलाई उम्मेदवार बनाउने सम्भावना प्रबल देखिएको पार्टीभित्रका कार्यकर्ताहरूले बताएका छन् । स्वच्छ छवि, संगठन क्षमता र स्थानीय लोकप्रियता भएकाले पन्तको नाम बलियो रूपमा अगाडि आएको बताइन्छ ।
रास्वपा पर्साका क्षेत्र नम्बर २, ३ र ४ मा भने आकांक्षी धेरै देखिएकाले पार्टीले औपचारिक रूपमा कसैको नाम अघि सारेको छैन ।
उम्मेदवार छान्ने प्रक्रियाबारे पर्सा सभापति हरी पन्तसँग सोध्दा उहाँले रास्वपाको छनोट प्रणाली अरू दलभन्दा फरक हुने भएकाले अहिले नै निर्णय गर्न नसकिने बताउनुभयो ।
पर्सा–१ बाट संभावित उम्मेदवारको रूपमा आफूलाई चर्चा गरिएको विषयमा पन्तले भने, “सबैका लागि प्रक्रिया एउटै हुन्छ। पार्टीले अपनाउने विधिबाट अघि सारिए जहाँबाट लड्न भन्यो, म तयार छु ।”