मिर्चैया नगरपालिका–७ छगरियाबाट करिब ३ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् ।
उदयपुर, ताप्ली गाउँपालिका–२ लेखगाउँका ४८ वर्षीय प्रेमबहादुर राईलाई बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । अस्थायी प्रहरी पोस्ट फुलबरियाबाट खटिएको प्रहरी टोलीले बा.४२ प ४७७७ नम्बरको मोटरसाइकलमा सवार राईलाई चेकजाँचका क्रममा पक्राउ गरेको जानकारी दिएको छ ।
प्रहरीले बरामद गरिएको गाँजा र राईलाई आवश्यक कारबाहीका लागि अघि बढाएको छ ।