जिल्ला प्रहरी कार्यालय रौतहटले फैसला कार्यान्वयन अभियानलाई तीव्रता दिँदै विभिन्न मुद्दामा फरार रहेका २२ जनालाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।
प्रहरीका अनुसार लामो समयदेखि कैद तथा जरिवाना तोकिएर लुकिछिपी बसिरहेका प्रतिवादीहरूलाई पछिल्लो चरणमा एकसाथ नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरू बहुविवाह, चेक बाउन्स, जालसाजी, सामाजिक अपराध, कुटपिट तथा लेनदेनसम्बन्धी विभिन्न मुद्दामा संलग्न रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय र मातहतका इकाइहरूले संचालन गरेको अभियानअन्तर्गत पक्राउ परेकामध्ये शिव कुमार राई, कल्लाम, सन्तोष साह, राजकिशोर साह, आनन्द तिवारी, सुशील यादव, सुनीता बैठा, दशरथ दास ततमा, शिव दास ततमा, सनारपतिया ततमाईन र बिचय दास ततमा रहेका छन् ।
यससँगै गंगाराम राय यादव, शिवकली देवी, रुबी कुमारी पाल, रेवती देवी पाल, बन्हु राउत पाल, राजेश्वर महतो तुनिया, महादेव राय कुर्मी, विपती देवी, गाईत्री देवी, गंगामाया श्रेष्ठ र ओम नारायण महतो पनि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णुप्रदीप बस्यालका अनुसार उनीहरूले भुक्तान गर्न बाँकी रहेको २९ हजार ६०७ रुपैयाँ जरिवाना तथा ११ महिना २५ दिन कैद सजाय कार्यान्वयनका लागि बिहीबार नै रौतहट जिल्ला अदालतमा उपस्थित गराइएको छ ।