सप्तरी | सप्तरीको डाक्नेश्वरी नगरपालिकामा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका–१ कविलासा घर भएका दिपेन चौधरीका दुई वर्षीय छोरा रियान्स चौधरीको पानीमा डुबेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार आइतबार आफ्नै घर पछाडि कलको पानी जम्मा भएको खाल्टोमा डुबी गम्भीर घाइते भएका रियान्सलाई उपचारका लागि युके मेमोरियल अस्पताल पातो लगिएको थियो । तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।
घटनापछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।