मधेश प्रदेशमा ६ दलिय सहमतिअनुसार आज मन्त्रीमण्डल विस्तार हुने भएको छ । बाँकी रहेका तीन दलबाट एक–एक जना मन्त्री थपिने तयारी रहेको छ ।
मुख्यमन्त्री कृष्णा यादवका अनुसार जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा माओवादी केन्द्रबाट एक–एक जनालाई आज बिना विभागीय मन्त्रीको रूपमा शपथ गराइने छ ।
मुख्यमन्त्री यादवले बताए अनुसार बिहान बसेको सत्तारुढ दलहरूको बैठकमा भएको समझदारीअनुसार मन्त्रीमण्डल विस्तार गर्न लागिएको हो । यद्यपि शपथग्रहण कार्यक्रमको निश्चित समय भने अझै तय भइनसकेको छ ।
मधेश प्रदेश सरकार गठनपछि बाँकी दललाई समेट्दै सरकारलाई पूर्णता दिनका लागि मन्त्रिपरिषद् विस्तार गरिँदैछ ।