सुनसरीको लौकहीमा भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका सफारी चालक विजय साहमाथि गोली चलाउने एपीएफ हवल्दारलाई प्रहरीले पक्राउ गरेको छ । गोली लाग्दा साहको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाको छानबिन गर्न सुनसरीमा सहायक सीडीओ घनश्याम न्यौपानेको संयोजकत्वमा, डीएसपी चन्द्र खड्का र राष्ट्रिय अनुसन्धानका अधिकृतसमेत रहेका समिति गठन गरिएको थियो ।
सुनसरी प्रहरी प्रवक्तासमेत रहेका डीएसपी खड्काले घटनापछि हवल्दारलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिए । साथै, लौकहीस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी)मा कार्यरत सबैलाई फिर्ता बोलाइएको छ ।
सुनसरीका सीडीओ वासुदेव घिमिरेले छानबिन समितिलाई ७ दिनको म्याद दिएको र प्रतिवेदन पेस भएपछि थप कदम चालिने बताएका छन् ।