ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा यस वर्ष दोस्रोपटक हिमपात भएको छ । यसअघि चालु वर्षको पहिलो हिमपात गत मङ्सिर ६ गते भएको थियो ।
शनिबार बेलुका पाथीभरा क्षेत्रमा हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा क्षेत्रमा हिमपात भएसँगै चिसो समेत बढेको समितिले जनाएको छ ।
विगतका वर्षहरूमा मङ्सिर महिनादेखि नै हिमपात हुने गरे पनि यस वर्ष ढिलो गरी हिमपात भएको जनाइएको छ । हिमपात भए तापनि तीर्थयात्रीहरूको आवागमनलाई सहज बनाउन पदमार्गमा फाइबरको ट्रस जडान गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
समितिका अनुसार उक्त ट्रसका कारण वर्षा र हिमपातका समयमा समेत तीर्थयात्रीहरूलाई पाथीभरा धामसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ ।