काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेताका रूपमा मनोनित भएका छन् ।
रास्वपाको आज बसेको बैठकले शाहलाई आमन्त्रित केन्द्रीय सदस्यसहित वरिष्ठ नेताको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।
यसअघि करिब एक साता अगाडि बालेन शाह र रास्वपाबीच आगामी निर्वाचनपछि उनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने विषयमा सहमति भएको थियो ।
आज सम्पन्न केन्द्रीय समिति बैठकले शाहसहित उनको तर्फबाट २६ जनालाई केन्द्रीय समितिमा मनोनित गर्दै शपथसमेत गराएको पार्टीले जनाएको छ ।