गत भदाै २३ र २४ गतेका घटना सम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद हटाउने निर्णय गरेको छ ।
आयोगको सोमबार बसेको बैठकले ओलीमाथि विदेश भ्रमणमा रोक र काठमाडौँ उपत्यका छाड्न नपाउने पूर्ववर्ती निर्णय फुकुवा गरेको हो ।
जाँचबुझ आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माका अनुसार, ती घटनाहरूको अनुसन्धानको क्रममा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीले गरेका कामकारबाहीबारे आयोगले सोधपुछ र आवश्यक बुझ्ने कार्य पूरा गरेको छ । सोधपुछ प्रक्रिया सम्पन्न भइसकेकाले उनमाथि लगाइएको प्रतिबन्धको औचित्य समाप्त भएको ठहर गर्दै आयोगले फुकुवाको निर्णय गरेको हो ।
यसअघि आयोगको २०८२ असोज १२ गतेको बैठकले अनुसन्धानको दायरामा रहेका कारण ओलीलाई उपत्यका छाड्न र विदेश जान रोक लगाएको थियो ।