कोशी प्रदेश सरकार पुनर्गठनको तयारी भइरहेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लामो समयको गृहकार्यपछि मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया अघि बढाएका हुन् ।
मन्त्रिपरिषद् स्रोतका अनुसार मुख्यमन्त्री कार्कीले सरकार पुनर्गठनका विषयमा सत्ता साझेदार नेपाली कांग्रेससँग समेत छलफल गरिसकेका छन् । स्रोतका अनुसार सरकारमा नेपाली कांग्रेस र नेकपा एमालेबाट प्रतिनिधित्व गर्दै आएका अधिकांश मन्त्रीहरूलाई हटाएर नयाँलाई जिम्मेवारी दिने गरी तयारी भइरहेको छ ।
सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको बताइएको छ। यसबारे औपचारिक निर्णय भने आउन बाँकी रहेको छ ।