लालबन्दी नगरपालिकास्थित चुरे क्षेत्रमा गरिएको अवैध गाँजाखेती प्रहरीले नष्ट गरेको छ ।
सोमबार प्रहरीले लालबन्दी–१४ र १५ का विभिन्न गाउँ क्षेत्रमा लगाइएको गाँजा नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राई का अनुसार, चुरे क्षेत्रको कालिन्जोर, सिरुडाँडा, ब्लोन टोल लगायत स्थानमा लगाइएको करिब दुई लाख बोट गाँजा नष्ट गरिएको छ ।
उनका अनुसार, जिल्ला प्रहरी कार्यालयले मङ्सिरदेखि नै चुरे क्षेत्रमा अवैध गाँजाखेती फडानी अभियान सञ्चालन गर्दै आएको थियो । प्रहरी नायब उपरीक्षक राईले भने,
“उक्त क्षेत्रमा गाँजाखेती भइरहेको सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका ४० जनाको टोली गएर १३ बिघा गाँजा फडानी गरी नष्ट गरेको हो ।”
अवैध लागुऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले लुकाइछिपाइ गरिएको गाँजाखेती खोजी र नष्ट गर्ने कार्य निरन्तर गरिरहेको छ । तथ्याङ्कअनुसार, चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयले ९४.५ बिघा गाँजा खेती नष्ट गरिसकेको छ ।