युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनी कात्तिक ९ गते युवा तथा खेलकुदमन्त्री नियुक्त भएका थिए ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेकाले राजीनामा बुझाएको उनले बताएका छन् । तर सार्वजनिक बिदा परेकाले हालसम्म राजीनामा स्वीकृत हुन बाँकी रहेको छ।
गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सिराहा जिल्लाबाट उम्मेदवार बन्ने तयारीमा रहेका छन् ।