राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सिरहाको लहानस्थित मधेशी शहीद पार्क पुगेर मधेश आन्दोलनका क्रममा शहीद भएकाहरूको शालिकमा माल्यार्पण गरेका छन् ।
आज मधेश आन्दोलनका शहीदहरूको सम्झनामा मधेशभर बलिदानी दिवस मनाइँदै छ । यस अवसरमा बालेनले मधेशका पहिलो शहीद रमेश महतोसहितका शहीदहरूको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
उनसँगै मन्त्री बब्लु गुप्ता र निवर्तमान सांसद अमरेस सिंहले पनि शहीदहरूको शालिकमा माल्यार्पण गरेका छन् ।
बालेन जनकपुर फर्किएपछि रास्वपाको उद्घोष सभामा सम्बोधन गर्ने तालिका रहेको छ ।