हेटौँडा उपमहानगरपालिका–३ बसामाडीका ३७ वर्षीय देवेन्द्र भण्डारी सोमबार बिहान मोटरसाइकल दुर्घटनामा घाइते भएपछि उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएका छन् ।
पूर्व–पश्चिम सडक खण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–१५ नयाँ बस्तीमा भण्डारीको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको थियो। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार, अमलेखगन्जबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना ८ ख २४९७ नम्बरको ट्रकले गलत साइड च्याप्दा विपरीत दिशाबाट आउँदै गरेको प्र.३–०३–००१ प ८८६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा पल्टिएको हो ।
प्रहरीले ट्रक चालक मकवानपुर थाहा नगरपालिका–२ का ३२ वर्षीय सुनिल ढकाललाई इलाका प्रहरी चौकी रातोमाटेले नियन्त्रणमा लिएको जनाएको छ ।