निर्वाचन आयोगले प्रदेशसभा सदस्य र पालिकामा रिक्त पदको चुनाव फागुन २१ पछि गर्ने तयारी गरेको जनाएको छ । केही प्रदेशसभा सदस्य र पालिकाका मेयर, उपमेयर, अध्यक्ष वा उपाध्यक्षहरूले पदबाट राजीनामा दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागि भइसकेका छन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने, “रिक्त रहेका स्थानमा सरकारसँग आवश्यक परामर्श गरी ६ महिनाभित्र चुनाव सम्पन्न गरिनेछ ।”
उनले थपे, “निर्वाचित भएर कार्यसम्पादन गरिरहेको पदबाट राजीनामा दिइसकेपछि ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने वैधानिक व्यवस्था रहेको छ । आउँदो प्रतिनिधिसभा सदस्य चुनावलाई सफलतापूर्वक सम्पन्न गर्न सरोकारवाला सबैलाई सहयोग गर्न अनुरोध गर्दछौं ।”