पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेव मधेस प्रदेशको राजधानी जनकपुरधाम आउने भएका छन् । पूर्वराजा शाह यही माघ १२ गते पत्नी कोमल शाहसहित जनकपुरधाम आउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
जनकपुरधाम बसाइँका क्रममा पूर्वराजा शाहले जानकी मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ । साथै उनले जनकपुरमा राजावादी समर्थकहरूसँग भेटघाट तथा छलफल गर्ने कार्यतालिका पनि तय भएको बताइएको छ ।
पूर्वराजाको आगमनलाई लिएर जनकपुरधाममा राजावादी वृत्तमा चासो र उत्साह देखिएको छ ।