सर्लाहीको धन्कौल गाउँपालिका–३ स्थित अन्नपूर्ण चिनी उद्योगमा आज उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक जना मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धन्कौल–४, महिनाथपुर बस्ने १९ वर्षीय चुनचुन राय रहेका छन् । काम गर्ने क्रममा मेसिनमा च्यापिएका राय घटनास्थलमै मृत्यु भएका थिए, जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार रायको शव परीक्षणका लागि प्रादेशिक अस्पताल, मलङ्वामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि सर्लाही प्रहरीले जानकारी दिएको छ ।