मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित फारलाईन सेल्फिरोडबाट अवैध लागुऔषध खैरो हेरोइनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा बजारबाट फारलाईनतर्फ जाँदै गरेको ना २ ह ९४४ नम्बरको अटो जाँच गर्ने क्रममा उनीहरूको साथबाट ४ ग्राम ६ सय ९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको हो ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१२ का २८ वर्षीय उमेश विक, हेटौंडा उपमहानगरपालिका–४ का ५० वर्षीय देव लामा तथा राक्सिराङ गाउँपालिका–३ केराबारीका २९ वर्षीया सिर्जना दोङ रहेका छन् ।
बरामद लागुऔषधसहित तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।