नेपाली कांग्रेसका तर्फबाट पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अनिल रुंग्टाले औपचारिक रूपमा चुनावी गतिविधि सुरु गरेका छन् ।
चुनावी कार्यक्रम सुरु गर्नु अघि रुंग्टाले वीरगन्जस्थित गहवामाइँ मन्दिरमा पूजापाठ गरेका थिए । धार्मिक अनुष्ठानपछि उनले मतदातामाझ पुग्ने अभियान अघि बढाएका छन् ।
रुंग्टाले निर्वाचन लक्षित प्रचारप्रसार, कार्यकर्ता तथा मतदातासँग भेटघाट र घरदैलो कार्यक्रम सुरु गरिसकेका छन् । सचिवालयका अनुसार आगामी दिनमा क्षेत्रभरि सक्रिय रूपमा चुनावी कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको छ।
कांग्रेसतर्फबाट उम्मेदवार बनेपछि रुंग्टाले जनताको विश्वास जित्ने उद्देश्यसहित चुनावी मैदानमा उत्रिएको सचिवालयले जनाएको छ ।