नवलपुरको देवचुली नगरपालिका–१ स्थित नेपाल माध्यमिक विद्यालयको बसले किच्दा ४ वर्षीया बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार नर्सरीमा अध्ययनरत सुष्मा पासवान बसबाट झर्ने क्रममा खसेको झोला टिप्न खोज्दा ब्याक गरेको बसले उनलाई किचेको हो । उनी सोही विद्यालयकी विद्यार्थी थिइन् ।
प्रहरीका अनुसार बसका चालकले बालिकालाई नदेख्दा दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
दुर्घटनापछि बालिकाको शव पोस्टमार्टमका लागि देवचुली नगर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।