राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुनको पहिलो साता आफ्नो वाचापत्र सार्वजनिक गर्ने भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै वाचापत्र लेखन कार्य जारी रहेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए । प्रवक्ता झाले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा ‘वाचापत्र मस्यौदा कार्यदल’ गठन गरी मस्यौदा तयार पार्ने काम भइरहेको बताए । कार्यदलमा डा. नन्दन यादव, डा. अरनिको पाण्डेलगायतका सदस्यहरूको संलग्नता रहेको छ ।
उनका अनुसार भौगोलिक क्षेत्र, व्यावसायिक तथा क्षेत्रगत समूहहरू, साथै पार्टीका आन्तरिक संयन्त्रबाट प्राप्त सुझावहरू संकलन गरी वाचापत्रको मस्यौदा तयार पारिँदै छ । “फागुनको पहिलो सातामै वाचापत्र सार्वजनिक गर्ने तयारी भइरहेको छ,” उनले भने ।
रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएको जनाएको छ ।