राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बुद्धिप्रसाद (हरि) पन्तले वडा नं. १८ क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेका छन् ।
घरदैलो कार्यक्रमका क्रममा पन्तले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, गुनासा तथा सुझाव सुन्ने गरेका छन् । उनले स्थानीयवासीसँगको भेटघाटलाई प्राथमिकतामा राख्दै आफ्नो चुनावी एजेन्डाबारे जानकारी गराउदैँ विकास, सुशासन, रोजगारी, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारलाई आफ्नो मुख्य प्राथमिकता रहेको बताउने गरेका छन् । उनले जनसहभागिताको महत्व औँल्याउँदै परिवर्तनका लागि जनतासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पन्तले आगामी दिनहरूमा पनि पर्सा–१ का विभिन्न क्षेत्रमा यस्ता घरदैलो तथा जनसंवाद कार्यक्रमलाई निरन्तरता दिने जानएकाे छ ।