काठमाडौंमा करिब १७ लाख रुपैयाँ मूल्यबराबरको चाँदीसहित वीरगन्जका एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ निवासी २५ वर्षीय किसन साह रहेका छन् ।
वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०१–००१ ख ७७२१ नम्बरको यात्रुबाहक बसलाई काठमाडौंको थानकोट क्षेत्रमा प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा साहको साथबाट २ किलो ५०० ग्राम चाँदी बरामद गरिएको हो ।
बरामद गरिएको चाँदीको बजार मूल्य करिब १६ लाख ९० हजार रुपैयाँ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।
प्रहरीले चाँदीसहित साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।