राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का सुशील कुमार कानुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।
अभियानअन्तर्गत आज बिहान कोइलाभार पर्सा टारी वडा नम्बर–१ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार कानुले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै शहिद दिवसको अवसरमा जेन जी आन्दोलनको औचित्य बुझाउँदै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरेका थिए । उनले स्थानीय समस्याहरूको समाधान, विकास निर्माण, रोजगारी सिर्जना तथा आधारभूत सेवाको सुधारलाई आफ्नो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेक छन् ।
कार्यक्रममा स्थानीय नागरिक तथा समर्थकहरूको सहभागिता रहेको थियो । सहभागीहरूले शिक्षा, स्वास्थ्य, सडक तथा खानेपानीलगायतका विषयमा आफ्ना माग र सुझाव उम्मेदवार कानुसमक्ष राखेका थिए ।
उम्मेदवार कानुले जनताको सुझाव र अपेक्षालाई नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्दै क्षेत्रको समग्र विकासका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।