प्रतिनिधिसभा सदस्यका उम्मेदवार पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का सुशील कुमार कानुले अलौँमा निर्वाचन परिचालन समिति गठन गराएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवार कानुले क्षेत्रीय अध्यक्ष अजय साहको नेतृत्वमा उक्त निर्वाचन परिचालन समिति गठन गरिएको जानकारी दिए ।
समिति गठन कार्यक्रममा बोल्दै उम्मेदवार कानुले महिलालाई नेतृत्वदायी भूमिकामा अघि सार्दै निर्वाचन परिचालन समिति गठन गरिएको बताए । उनले मधेसमा अन्य राजनीतिक दलहरूले महिलालाई पछाडि पार्दै आएको आरोप लगाउँदै रास्वपाले प्रतिनिधि सभा सदस्य निवार्चनमा देशमै सबैभन्दा बढी महिला उम्मेदवार अघि सारेको दाबी बताए ।
उनले भने, “महिलालाई केवल सहभागितामा सीमित नराखी निर्णय निर्माणको तहसम्म पुर्याउने हाम्रो नीति हो । त्यसैअनुसार वडा कमिटीदेखि निर्वाचन परिचालन समितिसम्म महिला सहभागिता सुनिश्चित गरिएको छ ।”
उम्मेदवार कानुले महिलाहरूलाई काधमा काध मिलाएर अघि बढाउने र समान नेतृत्व विकास गर्ने रास्वपाको प्रतिबद्धता रहेको उल्लेख गरे । उनले समावेशी प्रतिनिधित्व मार्फत राजनीतिक संस्कृतिमा परिवर्तन ल्याउने उद्देश्यसहित पार्टी अघि बढिरहेको बताए ।
कार्यक्रममा पार्टीका स्थानीय नेताकार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको जनाएकाे छ ।