पर्सा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार रामाकान्त चौरसियाले पर्साको पोखरिया नगरपालिका वडा नं. ७ रानीगञ्ज रहरिया गाउँटोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार चौरसियाले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी एजेन्डा र विकास योजनाबारे जानकारी गराएका थिए । यस क्षेत्रको समग्र विकास, आधारभूत सेवा–सुविधाको विस्तार तथा जनताका समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बालेन नेतृत्वकाे सरकारले अब जनताकाे शासन अनुभुत गराउने उनले धारणा राखेका थिए । स्थानीयवासीहरूले पनि घरदैलोका क्रममा शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायतका समस्या उम्मेदवारसमक्ष राखेका थिए ।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।