शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्र प्रसाद यादव
  • #प्रमोद जयसवाल
  • #प्रहरी पक्राउ
  • #अनधिकृत रकम ट्रान्सफर
  • #मोबाइल बैंकिङ
  • #डिजिटल बैंकिङ
  • #बैंक खाता ह्याक
  • #बैंकिङ ठगी
  • #बैंकिङ कसूर
यहाँ खोज्नुहोस्
your add here your add here
समाज
  • गृहपृष्ठ
  • समाज
  • हाँसका लागि खोलामा सेवार खेती
हाँसका लागि खोलामा सेवार खेती
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, जेठ १०, २०८१
A1 Beakery Add A1 Beakery Add

खोलाको झारलाई चाराका रूपमा उपयोग गरिरहेका चितवनको मेघौलीका किसानको हाँसपालन व्यवसाय फस्टाउँदै गएको छ ।

भरतपुरको मेघौलीकी चमेली चौधरी आजभोलि दिनहुँजसो चारो खोज्न बजारतिर होइन, घर नजीकैको बेतरी खोलातिर जान्छिन् । दुई बाटा जति सेवार उखलेर ल्याउँछिन् र हाँसलाई खुवाउँछिन्। ३५ वर्षीया चमेली भन्छिन्, “हाँसको मुख्य आहारा नै खोलाबाट ल्याउने सेवार हो ।”

चमेलीले ३० वटा हाँस पालेकी छन्। सेवारबाटै चाराको जोहो हुन्छ। उनीसँगै छरछिमेकीले पनि हाँसपालन गर्दै आएका छन्। सबैले पालेका हाँसको आहारा खोलाकै सेवार हो ।

स्थानीय बासिन्दालाई वन्यजन्तुबाट जोगाउन र हाँसपालनमा लागेका महिलालाई सघाउन मेघौली मध्यवर्ती उपभोक्ता समितिले बस्तीसँगैको खोलामा सेवार रोपेको हो। निकुञ्जभित्रको खोलाबाट बीउ ल्याएर बेतरी खोलामा सेवार सारिएको मेघौली मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मायाराम चौधरी बताउँछन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

बेतरी खोलाबाट ल्याएको सेवार चाराका लागि काट्दै चमेली चौधरी ।

यो खोला राप्ती-बेतरी, राधाकृष्ण र मालिका सामुदायिक वन हुँदै बग्छ । तीनै सामुदायिक वनको तीन ठाउँमा सेवार सारिएको छ। हाँस पाल्ने स्थानीयले खोलाबाटै सेवार ल्याउने गरेको अध्यक्ष मायाराम बताउँछन्। “जे लिन जंगल जाने हो, त्यही कुरा समुदायमा खेती गरिंदा जोखिम र दुर्घटना कम हुँदो रहेछ,” उनी भन्छन् ।

सेवार लिन निकुञ्जभित्र जाँदा धेरै पटक स्थानीय बासिन्दा वन्यजन्तुको आक्रमणमा परेका थिए। कति पटक त निकुञ्जका कर्मचारीसँग झैझगडा भएको मायारामले देखेका छन्। त्यही भएर हाँसलाई खुवाउने दाना बराबरको काम गर्ने यो झारलाई सामुदायिक वनमा लगाउन अग्रसर भए उनी ।

खोलामा सेवारको बीउ सारेपछि बिस्तारै फैलिंदै गएको छ । बेतरी खोलामा अधिक फस्टाएको छ। खुला ठाउँ हुँदै बगेको खोलाका अन्य खण्डमा पनि सेवार विस्तार भइरहेको उनी सुनाउँछन्। “घाम लाग्नेभन्दा पनि छाया पर्ने खोला क्षेत्रमा धेरै र छिटो फैलिंदो रहेछ,” मायाराम भन्छन् ।

chameli-chaudhary-(1)-1716455653.jpg
बेतरी खोलाबाट ल्याएको सेवार चाराका लागि काट्दै चमेली चौधरी ।


अहिले मेघौलीका २२ परिवारले हाँस पालेका छन्। उनीहरू सेवार टिप्न दैनिकजसो खोलामा जान्छन्। यसले सजिलो भएको चमेली चौधरी सुनाउँछिन् । “अहिले हाम्रो समय पनि बचेको छ, ज्यानको डर पनि छैन,” उनी भन्छिन्।

चितवनमा बसोबास गर्दै आएका थारू समुदायले हाँसलाई पहिल्यैदेखि नै सेवार खुवाउँथे। चितवनमै जन्मेहुर्केका मायाराम चौधरीले बाबुबाजेको पालादेखि नै हाँसलाई सेवार खुवाएको सुनेका थिए। “खोलाबाट सेवार ल्याएर खुवाउँदा हाँस फस्टाएपछि यो खुवाउने चलन चलेको होला,” मायाराम भन्छन्, “अहिले त सबैले हाँसलाई सेवार खुवाउन थालेका छन् ।”

२०३० सालमा चितवन राष्ट्रिय निकुञ्ज बनेपछि खोलामा गएर सेवार ल्याउनु गैरकानूनी भयो। त्योभन्दा पनि सेना र कर्मचारीलाई छलेर निकुञ्ज छिर्दा वन्यजन्तुको आक्रमणमा परिने डर उस्तै हुन्थ्यो। “गाउँलेलाई निकुञ्ज नजाओ भन्दा मान्दैनन्। पुरानो बानी छुट्न गाह्रो हुने नै भयो,” मायाराम भन्छन्, “जंगली जनावरको आक्रमणमा पर्ने डर हुन्थ्यो, सधैं ।”

मानव-वन्यजन्तु द्वन्द्व रोक्न र संरक्षण प्रभावकारी बनाउन बेतरीका १० घर र अन्जनाघोलका १२ परिवारलाई हाँसपालनमा सघाइएको तराई भूपरिधि कार्यक्रमका क्लस्टर इन्चार्ज प्रेम पौडेल बताउँछन्। सहयोगबाट कसैले चल्ला हाले, कसैले खोर बनाए, कसैले हाँसपालनलाई चाहिने सरसामान किने ।

त्यही सहयोग अन्तर्गत मेघौली मध्यवर्ती उपभोक्ता समितिको क्षेत्र अन्तर्गतका सामुदायिक वनमा सेवार पनि सारिएको हो। यसले स्थानीय बासिन्दालाई फाइदा भएको पौडेल सुनाउँछन्। “बोझो जस्तै एक पटक रोपेपछि सरर्र फैलिने सेवार खोलामा फस्टाउँदा दानाको खर्च जोगियो,” उनी भन्छन्, “यसले खोला पनि संरक्षण भएको छ ।”

खोला सरसफाइ गर्दा सेवार पनि फस्टाउने गरेको छ। जसले गर्दा महिला समूहले समय समयमा खोला सफाइ गर्दै आएको छ। यसले खोला संरक्षणमा पनि सहयोग पुगेको स्थानीय चमेली चौधरी बताउँछिन् ।

अहिले पश्चिम तराईका थारू समुदायमा हाँसलाई सेवार खुवाउने चलन व्यापक बनेको छ। समुदायको रैथाने ज्ञान पनि संरक्षण हुने, जीविकोपार्जनमा पनि सघाउ पुग्ने भएकाले सेवार खेतीसँगै हाँसपालन प्रवर्द्धन गरिएको विश्व वन्यजन्तु कोषकी आरती रायमाझी बताउँछिन्। “स्थानीय बासिन्दा जे चिजबिज लिन निकुञ्ज जाने गर्छन्, त्यही कुरा गाउँठाउँमा खेती गरिंदा संरक्षणसँगै वैकल्पिक आयआर्जन पनि भएको छ,” रायमाझी भन्छिन् ।

अहिले मेघौलीवासीले हाँस पालेर आर्थिक लाभ पनि लिइरहेका छन्। उनीहरूले स्थानीय प्रजातिको कालो हाँसे पालेका छन्। हरेक परिवारले कम्तीमा २० वटा हाँस पालेको महिला समूह अध्यक्ष चमेली चौधरी बताउँछिन् ।

हाँस नबिक्ला भन्ने पीर छैन। मेघौलीमा भएका होमस्टे सञ्चालक घरमै हाँस लिन आउँछन्। भाले हाँसे दुई हजार रुपैयाँ र पोथी हाँस एक हजार ५०० रुपैयाँमा बिक्री हुने गरेको छ ।

चमेलीका श्रीमान् फर्निचरको काम गर्छन्। त्यसले घरखर्च चलाउन र दुई सन्तानलाई  विद्यालय पठाउन कठिनाइ भइरहेको थियो। हाँसपालनले दैनिकी चलाउन पनि सजिलो भएको उनी सुनाउँछिन् । “सन्तानलाई पढाउन र मीठोमसिनो खान पाइएको छ,” उनी भन्छिन्, “हाँस बढाउँदै लगेका छौं, भोलिका दिनमा राम्रै होला !” - महेश्वर आचार्य/हिमालखबर


प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १५:०१
#हाँसपालन व्यवसाय #किसान
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
एक मिनेटमा झण्डै डेढ किलो मह खाएर बनाए विश्व कीर्तिमान
एक मिनेटमा झण्डै डेढ किलो मह खाएर बनाए विश्व कीर्तिमान मंगलबार, असोज ६, २०८३
एम्बुलेन्स पठाउन गाउँपालिका अध्यक्षकाे अनुमति  कुर्दाकुर्दै सर्पदंश बालकको मृत्यु, स्वास्थ्य केन्द्रमा तोडफोड,  सिरहामा हुलाकी सडक अवरुद्ध गरेर आन्दोलन
एम्बुलेन्स पठाउन गाउँपालिका अध्यक्षकाे अनुमति कुर्दाकुर्दै सर्पदंश बालकको मृत्यु, स्वास्थ्य केन्द्रमा तोडफोड, सिरहामा हुलाकी सडक अवरुद्ध गरेर आन्दोलन शनिबार, साउन ९, २०८३
मधेशी भएकै कारण फिल्म सेटमा पटक पटक अपमान सहनुपरेकाे कालाकार काजल कर्णकाे आरोप
मधेशी भएकै कारण फिल्म सेटमा पटक पटक अपमान सहनुपरेकाे कालाकार काजल कर्णकाे आरोप शनिबार, असार २७, २०८३
आमिर खान र गौरी स्प्राटले मुम्बईमा गरे विवाह
आमिर खान र गौरी स्प्राटले मुम्बईमा गरे विवाह आइतबार, असार २१, २०८३
‘ट्रम्प’सँग तुलना गरिएको भैंसीलाई पुनर्जीवन, अब राष्ट्रिय चिडियाखानामा राखिने (भिडियो सहित)
‘ट्रम्प’सँग तुलना गरिएको भैंसीलाई पुनर्जीवन, अब राष्ट्रिय चिडियाखानामा राखिने (भिडियो सहित) बिहीबार, जेठ १४, २०८३
प्रधानमन्त्री बालेन शाहलाई श्रमजीवी पत्रकारकाे खुला पत्र
प्रधानमन्त्री बालेन शाहलाई श्रमजीवी पत्रकारकाे खुला पत्र मंगलबार, वैशाख १५, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
Titan Birgunj Titan Birgunj
समाज
वर्षासँगै आएको बाढीपहिरोमा देशभर दुई जनाको मृत्यु, एक बेपत्ता
वर्षासँगै आएको बाढीपहिरोमा देशभर दुई जनाको मृत्यु, एक बेपत्ता वीरगंज सिटी
पानी जमेको खाल्डोमा डुबेर ५ वर्षीय बालकको मृत्यु, सप्तकोशीको बहाव बढेपछि बाढीको जोखिम पनि उच्च
पानी जमेको खाल्डोमा डुबेर ५ वर्षीय बालकको मृत्यु, सप्तकोशीको बहाव बढेपछि बाढीको जोखिम पनि उच्च वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
मानव अधिकार मञ्च मधेशको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा प्रविण श्रीवास्तव
मानव अधिकार मञ्च मधेशको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा प्रविण श्रीवास्तव वीरगंज सिटी
वीरगंज युवा समाजद्वारा भोटेकोशी बाढी पीडित परिवारलाई घरदैलोमै पुगेर राहत
वीरगंज युवा समाजद्वारा भोटेकोशी बाढी पीडित परिवारलाई घरदैलोमै पुगेर राहत वीरगंज सिटी
जिराभवानीमा २४ असोजदेखि भेट्रान क्लबको खेलकुद प्रतियोगिता
जिराभवानीमा २४ असोजदेखि भेट्रान क्लबको खेलकुद प्रतियोगिता वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ?
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ? वीरगंज सिटी
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ?
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने वीरगंज सिटी
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP