केही दिनदेखि निरन्तर घट्दै आएको सुनको मूल्य आज बढेको छ ।
स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि देखिएसँगै बजारमा पुनः चहलपहल बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ ।
यस्तै, एक तोला चाँदी पाँच हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार एक तोला छापावाल सुन दुई लाख ८६ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो भने चाँदी प्रतितोला पाँच हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस अनुसार एकै दिनमा सुन तीन हजार ७०० रुपैयाँ र चाँदी १३५ रुपैयाँले बढेको छ ।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्य बढेसँगै त्यसको असर स्थानीय बजारमा पनि परेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले आज विश्व बजारमा एक औँस सुन चार हजार ६८७ अमेरिकी डलरमा र चाँदी प्रतिऔँस ८० अमेरिकी डलरमा कारोबार भइरहेको बताएका छन् ।
मूल्यमा आएको वृद्धिले आगामी दिनमा बजारको दिशा कता जाने भन्ने विषयमा उपभोक्ता र लगानीकर्तामा चासो बढाएको छ ।