पूर्वमन्त्री प्रदीप यादवको गाउँ मनियारिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्षेत्र नं. १ का उम्मेदवार हरि पन्तलाई स्थानीयहरूले भव्य स्वागत गरेका छन् । पन्त आज घरदैलो तथा मतदाता भेटघाटका लागि मनियारिमा पुगेका थिए।
भेटघाटको क्रममा स्थानीयहरूले आफ्नो क्षेत्रका समस्या र देशका राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा चासो व्यक्त गर्दै पन्तसँग छलफल गरेका थिए । पन्तले मुलुक रास्वपाको नेतृत्वमा अघि बढ्ने भएकाले आफ्नो क्षेत्रबाट रास्वपालाई जिताएर केन्द्र सरकारसँग प्रत्यक्ष संवाद र सहकार्यमा रहन स्थानीयहरूलाई आग्रह गरेका थिए ।
कार्यक्रममा महानगर सहसचिव मुन्ना साह, सन्तोष यादव, चन्देश्वर साह, सुदर्शन यादव, अजय राम, रञ्जित यादव, विवेक यादव, बिजय साह, राजकिशोर यादव, ललन पटेल लगायतका स्थानीय नेताहरूको उपस्थिती रहेको थियो ।
त्यसैगरी आइतबार बेल्वा, ज्योति स्पिनिङ र श्रीपुरमा करिब एक हजारभन्दा बढी व्यक्तिहरू रास्वपामा प्रवेश गरेका छन् । बेल्वा क्षेत्रमा रामप्रीत यादव, रमेश्वर यादव, मुन्नि लाल साह, सन्देश कुश्वाहा, राज किशोर, किशोर महतो, हबिस मिया, अलख राउत, शिव नारायण बैथा, योगेन्द्र मिश्रा र हजरल मियाको नेतृत्वमा पार्टी प्रवेश भएको छ ।
श्रीपुरमा जसपा युबा संघका सचिव त्रिनेश गिरि, गजेन्द्र महतो, अजय महतो, धिरज साह, सुनिल महतो र विवेक ठाकुरको नेतृत्वमा रास्वपामा सामेल भएका छन् ।
त्यस्तै, ज्योति स्पिनिङमा अवध किशोर यादव र राम नरेश यादवको नेतृत्वमा नयाँ सदस्यहरूले पार्टी प्रवेश गरेका छन् । स्थानीयहरूले नयाँ नेतृत्वमा विश्वास व्यक्त गर्दै रास्वपामा सामेल भएका छन् र आगामी निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।