हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ ।
हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश का उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा पहाडी र तराई भू–भागका केही स्थानमा छिटपुट वर्षा भएको छ । मंगलबार तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु/कुहिरो लाग्ने पूर्वानुमान गरिएको छ ।
आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाइएको छ । अन्य भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।
मंगलबार राति तराई भू–भागका थोरै स्थानमा तुँवालो लाग्ने सम्भावना छ । साथै सुदूरपश्चिम प्रदेश लगायत कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।
राति गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन् ।