बारा । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल, बीओपी बरैनियाबाट खटिएको गस्ती टोलीले बिहीबार उक्त सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका लत्ताकपडा तथा सामान ढुवानीमा प्रयोग गरिएको मोटरसाइकलको अन्दाजी मूल्य ६ लाख ४६ हजार ७५० रुपैयाँ रहेको छ ।
बरामद सामान आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।