बर्दिबास नगरपालिका–१ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलो १ सय १० ग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार बिहान इलाका प्रहरी कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरी टोलीले प्र.२–०२–००३ प ५३० नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरूलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो । पक्राउ पर्नेमा धनुषाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३६ वर्षीय राम कैलाश अधिकारी रहेका छन् । उनीसँगै अर्का एक जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद लागूऔषधसहित दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको छ ।