ठोरी गाउँपालिका वडा नम्बर–४ अन्तर्गत विजयबस्ती, निर्मलबस्ती, माली टोल र शिकारीबासमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
घरदैलो अभियानका क्रममा उम्मेदवार तथा पार्टीका नेता–कार्यकर्ताहरूले घर–घर पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका थिए । उनीहरूले नागरिकका समस्या, गुनासा तथा सुझावहरू ध्यानपूर्वक सुन्दै विकासका प्राथमिकता सार्वजनिक गरेका छन् ।
कार्यक्रममा स्थानीयवासीहरूले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य तथा रोजगारीका विषयलाई मुख्य चासोका रूपमा उठाएका थिए । उम्मेदवारले यी समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
घरदैलो अभियानमा महिला तथा युवा टोलीसमेत सक्रिय रूपमा परिचालन गरिएको थियो । टोल–टोलमा पुगेर मतदातासँग छलफल गर्दै चुनावी एजेन्डाबारे जानकारी गराइएको आयोजकले जनाएको छ ।
उक्त कार्यक्रमसँगै वडा नम्बर–४ मा चुनावी गतिविधि थप सक्रिय बनेको र स्थानीयस्तरमा उत्साहजनक जनसहभागिता देखिएको जनाइएको छ ।